काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिष्ट सरकारले सुरक्षाको भ्रत्याभूति दिन नसकेको र विद्रोही कम्युनिष्ट पार्टीको धम्कीका कारण खानको नेपाल आउने कार्यक्रम रोकिएको टिप्पणी गरेका छन् । शर्माले सलमानको नेपाल आउने कार्यक्रम रद्द भएकोबारे उक पत्रकारले काँग्रेसको धारणा मागेको भन्दै ट्वीट गरेका हुन् । शर्माले नो कमेन्टमै काँग्रेसको कमेन्ट रहेको भन्दै सबै विषयमा काँग्रेसको कमेन्ट नखोज्न पनि सञ्चारकर्मीलाई सुझाएका छन् । ‘सलमान खान नेपाल नआउने बारे कांग्रेसको धारणा ? एक पत्रकार मित्रको जिज्ञासा‘ हरेक कुरामा कांग्रेसको धारणा जरुरी छैन । मैले भनें, ‘कम्युनिस्ट सरकारको सुरक्षा र विद्रोही कम्युनिस्ट पार्टीको धम्कि, कुन भरपर्दो ? कम्युनिस्ट पार्टीहरुलाई नै सोध्नुस् !’, शर्माले ट्वीट गर्दै भनेका छन् ।
उनले नो कमेन्टमै काँग्रेसको कमेन्ट रहेको टिप्पणी गरे । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको चेतावनीका कारण सलमानको नेपाल आउने कार्यक्रम स्गथित भएको हो । ओडिसी इन्टरटेनमेन्ट नामक संस्थाले आगामी २६ फागुनमा राजधानीको टुँडिखेलमा गर्न लागेको ‘दबंग टुर’ नामको कार्यक्रममा सलमान आउने प्रचार गरेको थियो ।










