प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुलाई विकासमा केन्द्रित हुन निर्देशन दिएका छन् ।

एमाले र माओवादी संसदीय दलको संयुक्त वैठकलाई नयाँ बानेश्वरमा सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले भने,‘सरुवा बढुवाका फाइल बोकेर हिंड्ने काम सांसदको होइन । तपाईहरु जनताका विकास निर्माणका फाइल बोकेर आउनुहोस्’ प्रधानमन्त्री ओली भने, ‘विकासका काम गरेर नतिजा देखाउने बाहेक अरु कुनै काम गर्नु पर्नेछैन ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ओलीले जन्ममितिमको अभिलेख समेत सहि नराख्ने अभ्यासबाट देशलाई माथि उठाउनु पर्ने वताएका छन् । प्रतिनिधिसभाको ज्येष्ठ सदस्यको उमेरवारे सार्वजनिक भएको विवादको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले संसद, अदालत, सडक, माइतीघर सबैतिर जन्ममिति विवाद देख्नु पर्ने अवस्थामा देश रहेको वताएका हुन् ।

ओलीले संसदमा ज्येष्ठ सदस्यको उमेरसम्बन्धी विवादको प्रसंगमा यस्तो वताएका हुन् । ‘अव हामीले भाइबाट सपथ लिनुपर्ने भएको छ’ प्रधानमन्त्री ओलीको भनाई थियो, ‘देशको अभिलेख प्रणाली कहाँ छ भन्ने कुरा यसले वताउँछ, अदालतमा यहि समस्या छ, सडकमा यहि समस्या छ, माइतीघर मण्डलामा पनि यहि समस्या छ । यस्तो ठाउँबाट देशलाई उठाउनुपर्ने अवस्थामा हामी छौं ।’

ओलीले एमाले-माओवादीबीच छिट्टै एकता हुने बताउँदै त्यसै अनुसार सहकार्य गर्न सांसदहरुलाई आग्रह गरे ।

रिपोटर्स नेपाल बाट साभार