दमक । पूर्व राजा ज्ञानेन्द्र शाह झापा आउदैछन् । पूर्वराजासंग पूर्व रानी कोमल पनि झापा आउने कार्यक्रम रहेको छ ।
पूर्वराजाको झापा बसाइबारे विस्तृतमा विवरण नदिइए पनि पूर्वराजाका संवाद सचिव फणिन्द्र पाठकले एकसाता अघि जारी गरेको विज्ञप्तिमा आगामी हप्ता झापा आउने भनिएको थियो । स्रोतका अनुसार पूर्वराजाको यो झापा भ्रमण सुदूरपश्चिम र मध्यपश्चिमसंगै भारत भ्रमणको श्रृंखला हो ।
स्रोतका अनुसार पूर्वराजा भोली आइतवार झापा आउने कार्यक्रम रहेको छ । भद्रपुर हुँदै झापा जाने र दमक दरबारमा बसाइ हुनेछ । पूर्वराजा र पूर्वरानी झण्डै तीन हप्तासम्म झापा बस्ने बुझिएको छ ।
सुदूरपश्चिमबाट ‘राजा फेरि शक्तिमा नआइ हुन्न’ भन्ने सन्देश पाएर हौसिएका पूर्वराजाको झापा भ्रमणले अझै अर्थ राख्ने बुझिएको छ ।










