पाल्पा — सदरमुकाम तानसेन नगरपालिका-१२ वीरपोखरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् ।

शनिबार भएको दुर्घटनामा मृत्यु हुनेमा तानसेन–१२ का ५६ वर्षीय चित्रबहादुर थापा र रिब्दीकोट गाउँपालिका–६ ठिमुरेकी ६८ वर्षीया खिमकुमारी सारु रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार घाइतेमध्ये चार जनाको युनाइटेड मिसन अस्पताल र एकको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तानसेन बजारदेखि तानसेन नगरपालिका- १२ लुहुङतर्फ जाँदै गरेको लु १ ज १९३८ नम्बरको जिप शनिबार बेलुकी साढे ५ बजे दुर्घटना भएको हो । जिप सडकबाट झण्डै १ सय २० मिटर तल खसेको प्रहरी नायव उपरीक्षक घिमिरेले बताए । दुर्घटनाको कारण भने खुलिसकेको छैन ।

कान्तिपुर दैनिक बाट