दमक/झापा दमक नगरपालिका वडा नं. ४ चियादोकान पुर्वाञ्च बोडिंग नजिकै घर भएका एक युवाले दुवइमा आत्महत्या गरेकाछन् । बैदेशिक रोजगारको शिलशिलामा दुवइमा रहेका जीत राइले अघि बिहान आत्महत्या गरेको बताईएको छ ।

सेक्यू गार्ड मध्य पूर्वमा कार्यरत रहेका उनि केहि दिनदेखि काम समेत नगइ कोठामा बस्दै आएको र आज विहान झुण्डिएको अवस्थामा फेला परेको उनीसंगै रहेका एक साथीले बताएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले अन्तिममा स्टाटस समेत लेखेकाछन् । ‘खुसि संसार जिउन सिकाउ सबैले त्यहि हो संसार’ लेखेर उनले आफ्नो जिबन त्याग गरेका हुन् । उनको परिवारलाइ यस विषयमा जानकारी भइसकेको बताइन्छ ।