केही बेरमै सुरु हुने प्रतिनिधि सभा तथा राष्ट्रिय सभा सदस्यहरुको शपथ ग्रहणअघि एमाले सांसदद्वय नविना लामा र कोमल वली तनावमा परे।

लामा तनावमा पर्नुको कारण थियो, प्रतिनिधि सभामा निर्वाचित भएको प्रमाण पत्र ल्याउन बिर्सनु। बानेश्वरस्थित प्रतिनिधि सभा भवनमा पुगेपछि मात्र उनले यो कुरा थाहा पाएकी थिइन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आफ्नो साथमा रहेको सानो ब्याग खोलेर हेर्दा प्रमाणपत्र नभेटिएपछि उनी तनावमा पर्नु स्वभाविक थियो।

किनभने विना प्रमाणपत्र संसदमा मर्यादापालकहरुले उनलाई प्रतिनिधि सभा भवनमा नजान दिनपनि सक्थे।

त्यसपछि एमालेकै एक कार्यकर्ताले सुझाव दिए, ‘चिन्ता नलिनुस्। सांसदको लोगो होला। त्यही लगाएर गएपछि अप्ठेरो पर्दैन।’

राष्ट्रिय सभामा निर्वाचित एमाले सांसद कोमल वलीले भने संसद भवन छिर्नु अघि आफू ‘नर्भस’ भएको बताइन्।

‘म पहिलो पटक संसदमा जाँदैछु, यो मेरा लागि राम्रो अवसर हो’ वलीले पत्रकारहरुसँग भनिन्, तर पहिलो पटक भएकाले केही नर्भसपनि भएकी छु।’

-नेपाल खबर बाट साभार