काठमाडौं । संघीय संसद सदस्यको शपथ लिनका लागि सांसदहरु संघीय संसद भवनमा भेला हुने क्रम सुरु भएको छ। सरकारी कागजात किर्ते गरेको अभियोगमा नेपाल प्रहरीले अनुसन्धान गरिरहेका एमाले सांसद नवराज सिलवाल पनि संसद भवन पुगेका छन्।
उनी एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँगै संसद भवन प्रवेश गरेका हुन्। उनलाई नेपाल प्रहरीले फरार सूचीमा राखेको छ र इन्टरपोललाई डिफ्यूजन नोटिस पनि जारी गरेको थियो।
छलफल बाट साभार










