दमक/झापाको दमकस्थित सूर्योदय बिद्यालय नजिक अहिले बेलुकी आगलागि भएको छ । आगलागिबाट दमक ६ का गंगा जबेगुको घर सहित उक्त घरमा रहेको सम्पूर्ण सामाग्रिहरु नष्ट भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

कोठामा बस्नेले बालेको मैनबत्तीबाट आगो सल्किएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख दीपक गिरीले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आगलागि भएको थाहा पाएपछि दमक सहित आसपासका नगरपालिकाबाट आगो नियण्त्रणका लागि दमकलहरु आएका थिए ।अहिले आगो पूर्ण रुपमा नियण्त्रणमा आइसकेको जनाइएकोछ ।