विष्णुप्रसाद पोखरेल

दमक/राप्रपाबाट जितेका एकमात्र साँसद राजेन्द्र लिङ्देनले संसद सचिवालयले उपलब्ध गराएको सपथ बाहेकको सपथ पनि संसद कार्यालयमा दर्ता गराएकाछन् । उनले अन्य साँसदहरुभन्दा फरक रुपमा आफूले सपथ खाएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

झापा क्षेत्र नं. ३ का साँसद लिङ्देनले निर्वाचनको समयदेखि नै भ्रष्टाचार बिरुद्ध कडा अभिब्यक्ति दिदै आएका थिए । सोहि अनुसार सपथमा पनि उनले त्यहि विषय राखेकाछन् ।

नेपाली काँग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाइ हराउदै उनि झापा क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनि एमाले र माओबादी केन्द्र गठबन्धनका उम्मेदवार बनेर जितेपछि उनी चर्चित पनि बने ।

उनले सपथसंग आफ्नो ब्याक्तिगत सपथ पनि संसद सचिवालयमा दर्ता गराएकाछन् । त्यसमा यस्तो उल्लेख छ-

अाज प्रतिनिधिसभा सदस्यका शपथका लागि संसद सचिवालयले उपलब्ध गराएको फायलमा थप मेरो शपथ पनि संलग्न गरेकोछु..."भ्रष्टाचार गरेर खानु अामाको रगत खानु सरह मानेर काम गर्नेछु!"