दमक/पूर्व राजा ज्ञानेन्द्र शाह आइतवार दमक आएपछि उनलाइ भेटनेहरुको ताँती लाग्न शुरु गरेको छ । शाहलाइ भेट गर्न चाहानेहरुको लर्को र समुहलाइ समय ब्यवस्थापन गर्नका लागि उनको सचिवालयलाइ हम्मेहम्मे परेको बताइन्छ ।

दमकका लब्ध प्रतिष्ठित ब्याक्तित्वहरुदेखि लिएर बिभिन्न राजनीतिक दलमा आवद्ध भएकाहरुले समेत शाहसंग भेटन गर्न खाजेकाछन् । यो भन्दा अगाडि पनि शाह बेलामौका दमकमा आएर बस्दा भेटनेको घूइचो लाग्ने गथ्र्यो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तीनसाता लामो बसाइमा शाहले धेरैलाइ भेट दिने अपेक्षा गरिएको छ । पूर्वी नेपालका राजा समर्थकहरु मात्र नभएर देशभरबाट नै दमक आएर भेटन खोज्नेहरु रहेको श्रोतको दाबी रहेको छ ।