शपथ ग्रहण कार्यक्रम सकिएलगत्तै सांसदहरु चियापानमा सहभागि भए । सांसदहरुका लागि संसद भवनको पूर्वपट्टिको भेगमा चियापानको व्यबस्था थियो ।

चियापान समारोहमा सांसदहरुबीच फोटो र सेल्फी खिच्ने प्रतिष्पर्धा नै थियो । प्रहरीको ‘खोजी’मा रहेका नेकपा एमालेका सांसद नवराज सिलवालसँग जम्काभेट भएपछि माओवादी केन्द्रका बर्षमान पुनले फोटो खिच्न आग्रह गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘उहाँले हिजो ट्वीट गर्नु भएको थियो क्यारे, लौ एउटा फोटो खिचौं,’ बर्षमानले भने । सिलवाल विजयी भएको ललितपुर १ बाट २०६४ सालको संविधानसभा चुनावमा बर्षमान विजयी भएका थिए ।

-लोकान्तर बाट