काठमाडौँ-  नेकपा (एमाले) का नेता भरतमोहन अधिकारी अस्पतालबाट घर फिर्ता भएका छन्  ।

ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा हर्नियाको शल्यक्रिया गराएका  नेता अधिकारी आज चिकित्सकको सल्लाहमा घर फिर्ता भएको  उनका  स्वकीय सचिव महेश विष्टले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हर्नियामा समस्या आएपछि शुक्रबार उनी  अस्पतालमा भर्ना भई शल्यक्रिया गराएका थिए  । शल्यक्रियापछि उनको  स्वास्थ्य सुधारोन्मुख रहेको छ ।

लोकान्तर बाट