
दमक/आज किरात धर्मावलम्बिहरुको महान पर्व चासोक तङ्नाम अर्थात उधौली पर्व, झापामा पनि विभिद कार्यक्रम गरि मनाईएको छ ।
पर्वको अवसर पारेर झापाको शिवसताक्षी, धरमपुर र दमकमा बिभिद् कार्यक्रमको आयोजना गरिएको छ । प्रकृतिक पूजक किरातहरुले यस पर्वलाई बालि उठाएर देवतालाई चडाउन पर्वको रुपमा लिने गरेका छन् । यस्तै उनीहरुले वैशाखमा बालि लगाउने बेलामा उभौली पर्व मनाउने गर्दछन् । धेरै जसो पूर्वी नेपालमा रहेका किरातीहरुले पूर्वको बिभिन्न स्थानमा कार्यक्रमको आयोजना गरि हर्षल्लासका साथ पर्व मनाएका छन् । पर्वको अवसरपारेर शिवसताक्षीको दुधेमा याक्थुङ्ग नालिफुङ्वा चुम्बोले सांस्कृती कार्यक्रम तथा किरात धर्ममा योग्दान पुर्याउनेलाई सम्मान गरेको छ । कार्यक्रममा किरात संस्कृती झल्कने धान नाँच समेत प्रस्तुत गरिएको थियो । कार्यक्रमलाई थप मनोरंजन दिलाउन कलाकार दिपक लिम्बु, मनु नेम्बाङ्ग लगायत कलाकारले आफ्नो प्रस्तुती दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ बैरागी काईलाले सरकारले धर्म संस्कृतीमा विवेद गरोको आरोप लगाए । उनले धर्म निरपेक्ष मुलुकमा सबै धर्मलाई समान अधिकार दिनु पर्ने बताए । किरात याक्थुङ् चुम्लुङ धरमपुरको आयोजनमा धरमपुरमा भएको कार्यक्रममा पनि राष्ट्रिय स्तरका कलाकारहरु बिनोद खम्बु, उपसना नेम्बाङ्ग, उत्तमजंग लिम्बु लगायतले आफ्नो प्रस्तुती दिएका थिए । दमकमा पनि किरात याक्थुङ् चुम्लुङ् दमकले पनि विभिन्न कार्यक्रमको आयोजना गरि चासोकतङ्म मनाएका मनाएका छन् ।