काठमाडौं- सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसको संसदीय दलको नेतामा निर्वाचित भएका छन्। आज भएको संसदीय दलको निर्वाचनमा देउवाले पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई पराजित गरे। ६३ जना सांसदले गरेको मतदानमा देउवाको पक्षमा ४४ र सिंहको पक्षमा १९ मत खसेको छ।