दार्चुला- महाकाली नदीमाथि एकतर्फी रुपमा निर्माण गरिएको ४ वटा पुललाई निरन्तरता दिन भारतीय पक्षले दबाब दिएको छ। भारतको पिथौरागढ जिल्लाको उत्तरपूर्वी सीमा क्षेत्रका नागरिकले आइतबार दिउँसो दार्चुला जिल्ला प्रशासनमा निवदेन दर्ता गर्दै पुल निर्माणलाई निरन्तरता दिन माग गरेका हुन्।

सो क्षेत्रमा आवागमन सहज बनाउन भन्दै दुईबुँदे मागसहित भारतीय नागरिकहरूले भारतले बनाइरहेको पुल निर्माण कार्यलाई निरन्तरता दिन तथा नेपाली भूमिका रहेको सडक मर्मतका लागि आग्रह गरेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सो क्षेत्रका पाँच ग्राम पञ्चायत प्रधान, क्षेत्र पञ्चायत गब्र्याङका सदस्य तथा रं कल्याण संस्थाका तर्फबाट जिल्ला प्रशासन कार्यालय दार्चुलामा निवेदन दिइएको हो।

ज्ञापनपत्र बुझाउन रं कल्याण संस्थाका महासचिव सहितको टोली आइतबार दार्चुला जिल्ला प्रशासन कार्यालय पुगेको थियो। भारतीय क्षेत्रका ग्राम पञ्चायतहरू कुटी, बुदी, नाबी, गब्र्याङ र नपल्च्युका ग्राम प्रधान, क्षेत्र पञ्चायत सदस्य विजयसिंह गब्र्याल तथा रं कल्याण संस्थाका महासचिवको हस्ताक्षर सहितको निवदेन दिएका छन्।

-लोकान्तर बाट