दमक/झापाको दमकमा हुने दमक गोल्डकपको तयारी स्वरुप भोलीदेखि हुन लागेको वडास्तरीय फूटवल प्रतियोगिताको तयारी पुरा भएको जनाईएको छ । दमक खेलकुद बिकास समितिका अध्यक्ष केन्द्र प्रशाइले तयारी पुरा भएको जानकारी दिएकाहुन् ।

दमक फूटवल क्लवको अगुवाइमा हुन लागेको प्रतियोगिताले आगामि बैशाख महिनामा हुने दमक गोल्डकपका लागि खेलाडि छनौट हुने समेत जनान्छ । क्लवका अध्यक्ष मोहन मगरका अनुसार सबै क्लवहरुलाइ एकबद्ध बनाएर सबै वडाहरुलाइ खेलकुदमा यसले चलायमान बनाउने अपेक्षा लिइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसैबीच १० वटै वडाका वडाध्यक्षहरुलाइ इजरायलमा बस्ने नेपालीहरुको तर्फबाट फूटवल लगायतका सामाग्रिहरु प्रदान गरिएको बताइएको छ ।

दमकको संगम स्वीट्समा एक कार्यक्रमबीच पूर्व राष्ट्रिय खेलाडि सुन्दर नेपालको उपस्थितिमा किरात याक्थुङ्ग चुम्लुङ्ग इजरायलद्धारा पठाइएको खेल सामाग्रि प्रदान गरिएको हो । सो अवसरमा दमक फूटवल एकेडेमीलाइ पनि खेलकुद सामाग्रि हस्ताण्तरण भएको बिमल शर्माले जानकारी दिए ।