काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानी समकक्षी शाहीद अब्बासीसँग भेटवार्ता गरेका छन्।

काठमाडौंको होटल याक एन्ड यतीमा प्रधानमन्त्री ओलीले अब्बासीसँग भेटवार्ता गरेका हुन्। सैनिक मञ्च टुँडिखेलमा गार्ड अफ अनर ग्रह गर्नेबित्तिकै अब्बासी होटल पुगेका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री ओली र पाकिस्तानी समकक्षीबीच आपसी हितबारे कुराकानी भएको प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ।

नयाँ सरकार बनेलगत्तै अब्बासी नेपाल आउने पहिलो सरकार प्रमुख हुन्। पाकिस्तानी प्रधानमन्त्री दुई दिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आएका हुन्।

प्रधानमन्त्रीमा वाम गठबन्धनतर्फबाट ओली नेतृत्वमा आएलगत्तै पाकिस्तानी प्रधानमन्त्रीको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

चीनको प्रमुख व्यापारिक साझेदार पाकिस्तानले नेपालसँग सम्बन्ध प्रगाढ बनाउँदै दक्षिण एसियामा सहकार्य गर्न गरेको तयारीलाई रणनीतिक रुपमा महत्त्वपूर्ण मानिएको छ।