दमक/झापाको दमक ८ लाइ अचार पकेट क्षेत्रको रुपमा बिकास गर्नका लागि कार्यक्रम शुरु गरिएको छ । यसैको तयारीका अनुसार सोमबारदेखि अचार बनाउने तालिम शुरु भएको हो ।

४ दर्जनभन्दा बढि महिलाहरु सहभागि रहेको ३ दिने तालिमको उद्घाटन दमक नगरपालिका उपप्रमुख गिता अधिकारीले गरेकी थिइन् । उनले यसले दमक ८ लाइ अचार पकेट बनाउन महत्वपूर्ण भूमिका खेल्ने जनाए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वडा नं. ८ का वडाध्यक्ष पशुपतिराज गौतमले यो तालिम शुरुवाती भएको बताउदै यस प्रकारका तालिमहरु निरन्तर भइरहने बताए । उनले अचारलाइ यस वडाले दमकमा आत्मनिर्भर बनाउने जनाए ।