सांसद नवराज सिलवालले व्यक्तिगत स्वार्थ र राजनीतिक पूर्वाग्रह भन्दा माथि उठेर मूलुक र जनताका लागि काम गर्ने उद्घोष गर्नुभएको छ । ललितपुर १ बाट निर्वाचित नेकपा एमालेका सांसद नवराज सिलवालले आइतबार शपथ ग्रहण ग्रहणपछि सो उद्घोष गर्नुभएको हो ।

शपथ ग्रहणपछि सिलवालले मुलुकको समृद्धिको सपना पुरा गर्न आफ्नो तर्फबाट काम गर्ने प्रतिक्रिया दिनुभयो । ‘समृद्धिको जुन नयाँ अभियानमा मुलुक अगाडी बढेको छ। मुलुकले स्थायी सरकार पाएको छु, सिलवालले भन्नुभयो, ुमुलुकको समृद्धिको मुद्दा, मिसनमा आफ्नो क्षमता, अनुभव, ज्ञानले भ्याएसम्म म योगदान गर्नेछु।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

लामो समयपछि मुलुकले स्थायी सरकार पाएकाले अब कसैले कसैप्रति पूर्वाग्रही हुनु नपर्ने सिलवालको भनाइ थियो। ‘सपथग्रहण गरेर म व्यक्तिबाट संस्था भएको छु। संस्थाका हिसाबले व्यक्तिगत स्वार्थ र राजनीतिक पूर्वाग्रह भन्दा माथि उठेर मूलुक र जनताका लागि काम गर्नेछु।’