निर्वाचन आयोगले राष्ट्रपति पदको लागि नामावली सार्वजनिक गरेको छ । निर्वाचनमा प्रदेशसभा र प्रतिनिधिसभा सदस्यले भाग लिन पाउनेछन् ।

आयोगले सार्वजनिक गरेको नामावलीमा कैलाली क्षेत्र नम्बर २ का सांसद रेशम चौधरीको नाम समावेश गरिएको छ । उनी टीकापुर घटनामा सर्वोच्चले दोषी देखाएकोमा केहि दिनअघि जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरी पुर्पक्षका लागि थुनामा रहेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै मनाङबाट स्वतन्त्र उम्मेदवार बनी विजयी भएका दीपक मनाङे उर्फ राजीव गुरुङको भने मतदाता नामावलीमा नाम समावेश छैन ।

ज्यान मुद्दामा पुनरावेदन अदालतका पाटनको फैसलालाई सर्वोच्च अदालतले सदर गरेपछि मनाङे जेल जानुपर्ने भएको छ । उनी अहिले फरार छन् ।

आयोगले सार्वजनिक गरेको सूचीमा प्रदेशसभाका ५४९ र प्रतिनिधिसभा तथा राष्ट्रियसभाका ३३१ सांसदको नाम सभावेश गरिएको छ ।

राष्ट्रपति निर्वाचन यही फागुन २९ गते हुँदैछ ।

सबै मतदाताको नाम हेर्न यो लिङ्कमा क्लिक गर्नुहोस्