संघीय समाजवादी फोरम नेपाल प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने भएको छ ।

आज विहान बसेको फोरम नेपालको पदाधिकारीहरुको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सरकारमा जाने सहमतिसँगै सत्तारुढ दल र फोरम नेपालबीच आजै संविधान संशोधन गर्नेबारे सहमति हुने भएको छ ।