काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले संविधान संशोधनमा आफ्नो पार्टीले सहयोग गर्ने बताएका छन् । संसदलाई सम्बोधन गर्दै सभापति देउवाले वर्तमान सरकारले संविधान संशोधन प्रक्रियालाई अघि बढाउँदा आफूलाई खुशी लागेको बताए ।

‘‘कांग्रेसले संविधान संशोधन गर्न खोज्दा सफल भएन । वर्तमान सरकारले संविधान संशोधन अघि बढाउँदा खुशी लागेको छ,’’ उनले भने,  ‘‘संविधान संशोधनमा हाम्रो सहयोग रहन्छ ।’’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कांग्रेस सभापति देउवाले सम्बोधनको सुरुवातमै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिँदै भने,  ‘‘मैले चुनाव गर्न सक्छ भन्ने उहाँले विश्वास गर्नुभएको थिएन । अहिले पनि चुनाव भएजस्तो लागेको छैन । तर उहाँ प्रधानमन्त्री भइसक्नु भएको छ ।’’