काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शाहिद खाकन अब्बासीले नेपालमा पाइला टेके लगतै दक्षिण एसियाली मुलुकहरुमा तरंग पैदा भएको छ । दुई दशकयता कुनैपनि पाकिस्तानी राष्टप्रमुखले नेपालको भिजिट गरेका थिएनन् । तर अब्वासीले एक्कासी नेपालको भिजिट गरेपछि सवैभन्दा बढि दिल्ली तर्सिएको छ ।
पाकिस्तानी प्रधानमन्त्री अब्बासी भारतका कट्टर विरोधी र चीनसँग असाध्य नजिक मान्छिन् । उनको भ्रमणलाई पनि भूराजनीतिसँग जोडेर हेर्न थालिएको छ । भारतसँग अत्यन्तै कटु सम्बन्ध रहेको पाकिस्तान चीनसँग असाध्यै निकट देखिन्छ, जसको बढ्दो प्रभावबाट दिल्ली चिन्तित भएको छ । अनौपचारिक रुपमै भएपनि कित्ताकाँट जस्तो देखिने यो अवस्थाको छाया पाकिस्तानी प्रधानमन्त्रीको पछिल्लो नेपाल भ्रमणले तरंग पैदा गरिदिएको पूर्व कूटनीतिज्ञ डक्टर दिनेश भट्टराईले बताए । नेपालको ऐतिहासिक क्षणमा पहिलो विदेशी पाहुनाका रुपमा पाकिस्तानी प्रधानमन्त्री यहाँ आउनु अर्थपूर्ण छ। यसलाई क्षेत्रीय रुपमा विकसित भूराजनीतिक घटनाक्रमसँग जोडेर हेर्नुपर्छ भट्टराईले भने ।
कतिपय दिल्लीमा रहेका भारतीय जानकारहरुले भ्रमणलाई भारत विरोधी नेपाल बनाउन भूमिका खेल्ने प्रतिक्रिया समेत दिएका छन् । पाकिस्तानका लागि पूर्व नेपाली राजदूत बलबहादुर कुँवरको बुझाई पनि यस्तै छ । पाकिस्तान र चीनको सम्बन्ध असाध्यै राम्रो छ। चीनले नेपालमा पनि राजनीति र विकास निर्माणमा प्रभाव विस्तार गरिरहेको छ। चीनले जुन खालको भूमिका निर्वाह गरिरहेको छ त्यसमा समर्थन दर्शाउन पनि यो भ्रमण भएको हुनसक्छ,-कुँवरले भने । -एस काठमाडौँ बाट










