चितवन- इच्छाकामना गाउँपालिका-३ फिस्लिङमा ट्रक र मोटरसाइकल ठोक्किँदा ३ जना घाइते भएका छन्।

मंगलबार राति सवा ८ बजे काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको ना ५ ख ८४११ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा ७५ प ३७३२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार तीनै जनालाई उपचारको लागि काठमाडौँमा लगिएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको चितवन प्रहरीले जनाएको छ।