काठमाडौँ । उमेदवारी दर्ता गर्न राष्ट्रपति विद्या भण्डारी आफैँ निर्वाचन कार्यालय जाने भएकी छन् । भण्डारीलाई मंगलबार एमालेले उमेदवार बनाउने निर्णय गरेको थियो । भण्डारी उमेदवारी दर्ताका लागि निर्वाचन कार्यालयमा मध्याह्न १२१० बजे पुग्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिए ।

“उमेदवार दर्ता गर्न राष्ट्रपतिज्यू आफैँ जाने कुरा भएको छ,” शर्माले बाह्रखरीसँग भने ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राष्ट्रपतिको निर्वाचन २९ फागुनका लागि तय भएको छ भने उमेदवारी दर्ता आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकिएको छ ।