गोरखा जिल्लाको गोरखा नगरपालिका १० मा माइक्रोबस दुर्घटना हुँदा १ जनाको मृत्यु हुनुका साथै १६ जना घाइते अवस्थामा पुगेका छन् ।
दुर्घटनामा शारदा गौलीको ज्यान गएको हो । बुधबार विहान बा ३ ख ४६५८ नम्बरको माइक्रो गोरखाबाट खैरेनी जाँदै थियो । माइक्रो ब्रेक फेल भएर अनियन्त्रित हुँदा घुम्तिमा रहेको चिलाउने रुखमा ठोकिएर सडकमा पल्टिएको जिल्ला ट्राफिक प्रहरी इञ्चार्ज दयाराम पौडेलले जानकारी दिए
टिभी अन्नपूर्ण बाट










