दमक/सर्वोच्च अदालतले राष्ट्रियसभामा केपी ओली नेतृत्वको सरकारबाट मनोनित ३ सांसदलाई सपथ लिन कानुनी बाटो खुला गरिदिएको छ। सर्वोच्चले अन्तरिम आदेश जारी गरिरहनु नपर्ने बताएपछि उनिहरुको सपथको बाटो खुलेको हो ।

यसअघि उनीहरुलाई तत्काल सपथ नगराउनु भनी फागुन १३ मा जारी भएको अन्तरिम आदेशलाई बुधबार न्यायाधीश केदारप्रसाद चालिसे र सारदाप्रशाद घिमिरेको इजलासले निरन्तरता दिइरहनुनपर्ने आदेश जारी गरेका हुन् । यो सगै राष्ट्रियसभा सदस्य एवं अर्थमन्त्री युवराज खतिवडा, रामनारायण बिरडारी र डा. विमला पौडेललाई सपथ ग्रहणको बाटो खुलेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आदेशमा भनिएको छ, ‘ संवैधानिक र कानुनी प्रश्नको निरुपण संवैधानिक इजलासबाट हुन उपयुक्त देखिएकाले चाँडै निर्णय हुनुपर्ने प्रकृतिको देखिएकाले अग्राधिकार दिई रिट निवेदनको संयुक्त इजलासतर्फको लगत कट्टा गरी संवैधानिक इजलासमा पेश गर्नू।’ सर्वोच्चको अन्तरिम आदेशका कारण राष्ट्रियसमामा मनोनित ३ सांसदले फागुन २० मा सपथ लिन पाएका थिएनन्।