काठमाडौैं– बिदेश जाने युवा/युवतीसँग पैसा असुल्ने ३५ जना बिचौलिया एकैपटक पक्राउ परेका छन्। काठमाडौंको ताहाचलस्थित श्रम तथा बैदेशिक रोजगार कार्यालयबाट प्रहरीले ३५ जनालाई पक्राउ गरेको हो। उनीहरुले कर्मचारीलाई घुस खुवाएर छिटो काम गराउदै आएका थिए। श्रम कार्यालयमा दलालहरुले खुलेआम कर्मचारीको नाम घुस माग्ने गर्दछन्। कर्मचारीलाई सेटिङ मिलाएर श्रम स्वीकृती मिलाउने भनेर समेत उनीहरुले पैसा असुल्ने गरेको प्रहरीले जनाएको छ।
कार्यालयमा श्रम स्वीकृतीका लागि भिड लाग्ने भएकाले उनीहरुले पैसा लिएर कर्मचारीलाई खुवाई छिटो काम गराउथे। साथै जीवन बीमा तथा फोटोकपी पसलका नाममा पनि चर्काे मूल्य असुल्दै आएका थएि। सर्वसाधरणहरुको उजुरीका आधारमा नउीहरुलाई पक्राउ गरी सार्वजनिक अपराध ऐनअनुसार कारबाही अघि बढाइएको प्रहरीले जनाएको ।
को को पक्राउ परे ? १ रबि तामाङ्ग । २ राजेन्द्र गुरुङ्ग ३ ऐन ब।चम्रकार । ४ राम बहादुर पन्त । ५ उज्वल पन्त । ६ राधेश्याम थापा । ७ बिवेक खड्गी । ८ दिपेन खवास । ९ हरिचन्द्र गुरुङ्ग १० अन्जन ढकाल । ११ बिशाल दराई । १२ सुनिल श्रेष्ठ । १३ राहुल कार्की । १४ कुमार श्रेष्ठ १५ बिजय लामा । १६ जिवन बि।क।। १७ सन्तोस बि।क। १८ सिर्जना मगर । १९ संगिता मगर । २० सानु लामा । २१ सिता मगर । २२ शरण श्रेष्ठ । २३ रामकिसन धरिकार । २४ चन्द्र श्रेष्ठ । २५ बिदुर खड्का । २६ पुष्पराज भटृराई । २७ श्याम मेचे । २८ सुजन सापकोटा । २९ पुष्प कुमार राई । ३० बिकास खनाल । ३१ सागर पराजुली । ३२ गोकर्ण प्रसाद ढकाल ।, ३३ संदिप ढकाल । ३४ तेन्जिन लामा । ३५ रामचन्द्र पोखरेल ।










