दमक÷स्वर्गीय खड्ग बहाद्र केसीको स्मृतीमा उहाँका परिवारले नेपाल रेडक्रस सोसाईटी उपशाखा लखनपुरलाई एम्बुलेन्स खरिदका लागि ९ लाख बराबरको रकम हस्तान्तरण गरेका छन् ।
आज एक कार्यक्रमको आयोजना गरि केसीकी धर्मपत्नि माया केसीले ९ लाख ५० रुपयाँको चेक उपशाखा लखनपुरका सभापति चन्द्र शाहलाई हस्तान्तरण गर्नुभयो । केसीको स्मृर्तीमा उहाँका छोराहरु नविन, रविन र विपिन केसीले उक्त रकम रेडक्रसलाई सहयोग गरेका हुन् । उक्त रकमले खरिद गरेको एम्बुलेन्सले ग्रामिण क्षेत्रका विपन्न परिवारका विरामीको सेवा गर्ने उपशाखा सभापति शाहले बताउनुभयो । केसीको गत असोज २७ गते पाडाजुंगी–गौरीगञ्ज सडक खण्ड स्थित लखनपुर–२ मा सवारी दुर्घटनामा परि मृत्यु भएको थियो । यसैबीच सोही कार्यक्रमकाबीच रेडक्रस उपशाखाको भवन निर्माणको सहयोगका लागि आफ्नी धर्म पत्निको चन्द्रकला आचार्यको स्मृर्तीमा उहाँका श्रीमान विष्णुभक्त आचार्यले नगद २ लाख ५० हजार रुपैँया हस्तान्तरण गर्नुभएको थियो । यस्तै प्रवासी झापाली सम्पर्क मञ्चको तर्फबाट प्राप्त २३ हजार ५ सय रुपैयाँ मञ्चका प्रतिनिधि फुलकुमार धमलाले रेडक्रश उपशाखालाई सहयोग स्वरुप हस्तान्तरण गर्नुभएको छ । रकम हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाईटी झापाको अध्यक्ष लोकराज ढकालले आफन्तको नाममा एम्बुलेन्स खरिद गरेर उद्देश्य विपरित दुरुपयोग गर्नेको संख्या बढेको बताउनुभयो उहाँले भन्नुभयो,‘ निधन भएकाको नाममा एम्बुलेन्स खरित गर्छन् र पैसा कमाउने भाडो बनाउछन्, यो गलत हो यसो गर्नेलाई कारवाही गर्नु पर्छ’ । हाल झापामा १ सय २३ वटा एम्बुलेन्स सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय