दमक/झापाको दमकमा यस बर्ष युवाहरुले फरक रुपमा अन्तराष्ट्रिय महिला दिवस मनाउने भएकाछन् । महिलाहरु आवद्ध फेसबुक समुह डब्लुआरआरको मुख्य आयोजना एवं युथ नेटवर्क, युथ फर ब्लड लगायतका संघसंस्थाहरुको यसमा अगुवाइ रहेको छ ।
अधिकारको दौडको रुपमा यसले सिम्बोलिक अर्थ दिने कार्यक्रम संयोजक ममता उप्रेतीले बताएकीछन् । उनका अनुसार दमक चोक ३ किमि मिनी म्याराथुन दौड हुनेछ । यसमा कम्तिमा पनि ३ सय जना सहभागि हुने लक्ष्य राखेको उप्रेतीले बताइन् ।
युथ नेटवर्ककाा अध्यक्ष सन्तोष दूलालले सबैलाइ सहभागिताका लागि अनुरोध गरेकाछन् । यो अधिकार प्राप्तिको दौड भएको बताउदै उनले सहभागि हुन सबैसंग आग्रह गरे ।











