विश्वमा २ करोड महिला दृष्टिबिहीन र १२ करोड महिलामा दृष्टिदोष रहेको एक अध्ययनले देखाएको छ।
तिलगंगा आँखा प्रतिष्ठानले फ्रेड हलोज फाउण्डेसनको सहकार्यमा जारी गरेको लैगिंक आँखा स्वास्थ्य सम्बन्धी अध्ययनपत्र मार्फत सो तथ्याकं सार्वजनिक गरिएको हो।
फ्रेड हलोज फाउण्डेसन र तिलगंगा आँखा प्रतिष्ठानको सहकार्यमा नेपालका ७ वटा जिल्लाहरु धनुषा, सर्लाही, सिन्धुली, महोत्तरी, कैलाली, बैतडी र डडेल्धुरामा महिलाहरुको आँखा स्वास्थ्य सेवा पहुँचलाई अझ प्रभावकारी सहज बनाउन एउटा परियोजना लिएर आएको छ। फ्रेड हलोज फाउण्डेशनले विश्वका २५ देशहरुमा अति सिमान्तकृत समुदायका व्यतिहरुको दृष्टि पुर्नस्थापनामा कार्यरत छ।
लैगिंक आँखा स्वास्थ्य सम्बन्धी उक्त अध्ययनपत्रमा एक महिलाले पूर्नदृष्टि प्राप्त गर्दा उसमा पर्ने मनोवैज्ञानिक प्रभाव, आयआर्जनको सम्भावना, सामाजिक क्रियाकलापमा सहभागिताको क्रममा विकास साथै परिवारमा सामाजिक, आर्थिक लागत जस्ता तथ्यको सकारात्मक प्रभावको बारेमा उल्लेख गरिएको छ।
यसैगरी इन्टरनेशनल एजेन्सी फोर डी ब्लान्डनेसको अध्ययनले सन् २०५० सम्ममा अन्धोपनाको भार ३ गुणा भन्दा बढी सम्भावना रहने देखाएको छ।










