१०८औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर झापाका दुई स्थानीय तहले छात्राहरूलाई साइकल वितरण गरेको छ । दमक नगरपालिका र कमल गाउँपालिकाले शिक्षामा महिलाको पहुँच अभिवृद्धि गराउने भन्दै विपन्न तथा जेहेन्दार छात्राहरूलाई साइकल उपलब्ध गराएका हुन् ।

दमक नगरपालिकाले महिला दिवसको अवसर पारि प्रत्येक वडाका एक र एक जनालाई प्रदान गरी कार्यक्रमको शुरुवात गरिएको नगरपालिकी उपप्रमुख गीता अधिकारीले जानकारी दिइन् । ‘नगरका एक सय जना उच्च शिक्षा अध्ययन गरि रहेका छात्राहरूलाई नियमित क्याम्पस जान सक्ने वातावरण बनाउन साईकल प्रदान गर्ने कार्यक्रम तय गरिएको हो’ ,उनले भनिन् । सोही कार्यक्रम अन्तर्गत पहिलो दिन १० ओटा साइकल प्रदान गरिएको जनाईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै, कमलगाउँपालिकाले विद्यार्थीहरूलाई छात्रवृत्तिसहित साइकल प्रदान गरेको छ । गाउँपालिकामा रहेका विपन्न समुदायका जेहेन्दार ५० छात्रालाई एक र एक साइकल प्रदान गरेको हो। यस्तै, सरस्वती मावि कृषि विद्यालयमा अध्ययनरत १८ महिने कृषि प्राविधिक अध्ययन गरी रहेका ६ जना विद्यार्थीलाई २० हजारका दरले र ३ वर्षे कृषि प्राविधिक अध्ययन गरी रहेका ९ जनालाई ३६ हजार १ सय ११ का दरले छात्रवृत्ति समेत उपलव्ध गराइएको गाउँपालिका उपाध्यक्ष वेणुप्रसाद शिवाकोटीले जानकारी दिए। यस्तै, महेन्द्ररत्न माविमा सवओभरसियर अध्ययनरत ५ जनालाई पनि १५ हजारका दरले छात्रवृत्ति रकम प्रदान गरिएको थियो ।