काठमाडौं– कलाकार रोमा न्यौपाने पक्राउ परेकी छिन्। ठगी मुद्दामा काठमाडौं प्रहरीले बिहिबार उनलाई पक्राउ गरेको हो।

सहकारी खोलेर सर्वसाधरणको पैसा उठाई फिर्ता नदिएर ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले भने।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनीविरुद्ध १ वर्ष पहिले नै अदालतमा मुद्दा दायर भइसकेको छ। अदालतले उनीविरुद्ध पक्राउपूर्जी जारी गरेपनि उनी फरार रहेकोले उनलाई पक्राउ गरी अदालत बुझाइने एसएसपी पोखरेलले बताए। एक खुट्टा मात्र भएकी कलाकार न्यौपानेले नृत्यका कारण चर्चित बनेकी थिइन्। तर, आर्थिक कारोबार मिलाउन नसक्दा उनी केही वर्षयता विवादमा पर्दै आएकी छिन्।

-नेपाल लाइभ  बाट साभार