आज १०८ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश नेपाल लगायत दमकमा विभिन्न कार्यक्रम गरी मनाइयो। महिला अधिकार आन्दोलनको रुपमा संसारभर हरेक वर्ष ८ मार्चका दिन यो दिवस मनाउने गरिन्छ।

नेपालमा सन् १९७४ देखि नारी दिवस मनाउन थालिएको हो। यस वर्ष दिवसको अवसरमा ‘आर्थिक सशक्तिकरणसहितको सामाजिक जागरणः ग्रामीण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण’ भन्ने मूल नारा तय भएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सन् १९१० को मार्च ८ मा कोपनहेगनमा विभिन्न १७ देशका १ सय जना महिला अधिकारवादीको अन्तर्राष्ट्रिय सम्मेलनले हरेक वर्षको ८ मार्चलाई अधिकार आन्दोलन दिवसका रुपमा मनाउने निर्णय गरे अनुसार यो दिवस मनाउन थालिएको हो।

सन् १९५७ मा अमेरिकाकका श्रमिक महिलाले ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको मागसहित गरेको प्रदर्शनलाई विश्व महिला आन्दोलनको शुरुवातको रुपमा लिने गरिन्छ।

श्रमिक महिला दिवशको सन्दर्भमा दमक नगरपालिका मा कार्यक्रम गरेरे मनाइयो। दमकको चोकबाट सुरु भएको ¥याली जेसिजचोक , बजार हुँदै दमक नगरपालिका पुगेर समापन भएको थियो। उक्त कार्यक्रममा विभिन्न संघ सस्थाकोको बेजोड उपस्थिति रहेको थियो ।

¥यालीमा सहभागीले महिला हिंसाको अन्त्य गरौँ, समनता, बलात्कारविरुद्ध आक्रोश व्यक्त गरौँ, समनता, छोरीलाई सम्पत्ति होइन शिक्षा देउ, महिला अधिकारको संरक्षण गरौँ लगायतका प्लेकार्ड बोकेका थिए।