ठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति निर्वाचन सम्पन्न नभएसम्मका लागि आफ्ना सबै औपचारिक कार्यक्रमहरु रद्द गरेकी छिन्।
शीतल निवास स्रोतका अनुसार पागुन २९ मा हुने राष्ट्रपतीय निर्वाचनमा वाम गठबन्धनले उनलाई प्रत्यासी बनाएपछि राष्ट्रपतिका रुपमा अपरिहार्य बाहेक अरु कार्य सम्पादन नगर्ने निर्णय भण्डारीले गरेकी छिन्।
राजधानीको राष्ट्रियसभागृहमा आयोजित महिला दिवसको प्रमुख अथिति र लायन्स क्लबको पोखरामा आयोजित कार्यक्रमसँगै नारी दिवसका अवसरमा केही पूर्व निर्धारित कार्यक्रम समेत भण्डारीले अन्तिम समयमा रद्द गरेकी थिइन्।
भण्डारीविरुद्ध कांग्रेसले कुमराी लक्ष्मी राईलाई प्रत्यासी बनाएको छ। भण्डारीको आफ्नै मान्यता, निर्वाचन आयोगले जारी गरेको आचारसंहिता र प्रतिपक्षको आलोचनाको सम्भावनालाई ध्यानमा राख्दै भण्डारीले उक्त निर्णय लिएको बुझिएको छ।
राष्ट्रपतिले गर्नुपर्ने महत्वपूर्ण तथा अपरिहार्य संवैधानिक दायित्व सम्पादन गर्न राष्ट्रपति भण्डारीले उपराष्ट्रपति नन्दबहादुर पुनलाई जिम्मवारी दिएकी छिन्।










