काठमाडौं- प्रतिनिधिसभाको सभामुखमा माओवादी केन्द्रका नेता कृण्णबहादुर महराकोे एक्लो उम्मेदवारी परेको छ। संयुक्त वाम गठबन्धनबाट माओवादी केन्द्रका महराले आज सवा ११ बजे सभामुखमा मनोनयन दर्ता गराएका थिए।

सभामुखको मनोनयनका लागि आज बिहान १० देखि दिउँसो १ बजेसम्मको समय तोकिएको थियो। निर्धारित समयभित्र महराको एक्लो उम्मेदवारी परेको संसद् सचिवालयले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सभामुख पदमा महराको मात्र उम्मेदवारी परेपछि प्रतिनिधिसभाको सभामुखमा महरा निर्वाचित हुने निश्चित भएको छ। महरालाई संसद्को‌ ठूलो दल नेकपा एमालेको समर्थन छ।

वाम गठबन्धनको सहमती अनुसार माओवादीले सभामुख पद पाएको थियो। महरालाई सभामुखमा अघि सार्ने निर्णय माओवादी केन्द्रको सचिवालय बैठकले गरेको थियो।

भोलि बस्ने संसद बैठकमा सभामुखको निर्वाचन हुनेछ। मतविभाजनबाट सभामुखमा महरा निर्वाचित हुनेछन्।