धनगढी- जिल्ला कारागारमा थुनामा रहेका कैलाली निर्वाचन क्षेत्र नम्बर १ का सांसद रेशमलाल चौधरीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ। टीकापुर घटनाको मुख्य अभियुक्तका रुपमा थुनामा रहेका चौधरी फागुन २० देखि जेलभित्रै अनशनमा बसेका हुन्। पाँच दिनदेखि अनशनमा बसेका चौधरीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि उनलाई अहिले सेती अञ्चल अस्पतालमा उपचारका लागि ल्याइएको छ।

उनीसहित थुनामा रहेका टीकापुर घटनाका २४ जना अभियुक्तले जेलभित्रै अनशन थालेका हुन्। उनीसँगै अनशन सबेका विश्राम चौधरीलाई बिहीबार राति नै अस्पताल लगिएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आफूहरुलाई रिहा गर्नुपर्ने, सांसद चौधरीलाई प्रमाणपत्र र सपथ ग्रहणको व्यवस्था गर्नुपर्ने लगायत ३ बुँदे माग राखेर उनीहरुले अनशन थालेका हुन्।