दमक/नेपाल रेडक्रस सोसाईटी झापा जिल्ला शाखाको ४४ औं जिल्ला सभाको अवसरमा झापा दमक नगरपालिकाकी उपप्रमुख गिता अधिकारी सम्मानित भएकीछन् ।
सभाको उद्घाटन शत्रका प्रमुख अतिथि प्रदेश न १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सम्मान गरेका थिए ।
अधिकारी दमक रेडक्रस उपशाखाकी निवर्तमान कोषाध्यक्ष हुन् । शाखाका सभापति लोकराज ढकालको सभापतित्वमा कार्यक्रम भएको थियो ।










