रौतहट – नेकपा एमालेका नेता माधवकुुमार नेपालले वाम गठबन्धनको सरकारले भ्रष्टाचारीलाई जेल हाल्ने बताएका छन्।
जिल्लाको यमुुनामाई गाँउपालिका झुुनखुुन्वामा कालोपत्रे सडक शिलान्यास गर्दै उनले भने, “यदि कसैले भ्रष्टाचार गरेको छ भने अहिले नै फिर्ता गर नत्र पछि कुनै शीप लाग्दैन पछुुतोमा पर्ने छ।”
स्थानीय निकायमा राम्रो काम गर्नेलाई पुुरस्कार र भ्रष्टाचार गर्नेलाई जेल हाल्ने वाम सरकारको योजना रहेको उनले बताए।
गौर गरुडा चन्द्रपुर सडकखण्डको उदाहरण दिँदै उहाँले आज शिलान्यास भएको विभिन्न ठाँउका ५२ किलोमिटर कालोपत्रे सडक पनि त्यस्तै मजबूुत बनाउन ठेकदार र कर्मचारीको ध्यानाकर्षण गराए। प्रतिनिधिसभा सदस्य प्रभू साहले निर्वाचनअघि आफूुुले सार्वजनिक गरेको घोषणापत्रमा यस क्षेत्रलाई धुुँवारहित बनाउने योजनाअनुुसार दुुईसय परिवारलाई ग्यास सिलिण्डर, ग्यास र चुुल्हो वितरण गरेको बताए। रासस










