२६ फागुन– बामगठबन्धन र संघीय समाजबादी फोरमबीच आज दिउँसो वार्ता हुँदैछ । फोरम र राष्ट्रिय जनता पार्टीलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री केपी ओलीले पहल लिई रहनुभएको बेला फोरमसँग आज हुन लागेको वार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ ।

त्यसो त फोरमले ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ । फोरमसँग आज हुन लागेको वार्ता फागुन २९ गते हुने राष्ट्रपति निर्वाचन, फागुन २७ गते प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले लिनुहुने विश्वासको मत र सरकारमा फोरमको सहभागितामा केन्द्रित हुने बताईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

फोरम र राजपपाले राष्ट्रपति निर्वाचनमा बामगठबन्धनका उम्मेदवार विद्यादेबी भण्डारीलाई समर्थन गर्ने भएको छ ।