काठमाडौँः नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका छन् । सभामुखका लागि नेता महराको मात्रै उम्मेदवारी परेपछि शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा ज्येष्ठ सदस्य महन्थ ठाकुरले निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

संसद सचिवालयका अनुसार सभामुखमा महराको मात्रै उम्मेदवारी परेको थियो। सभामुखका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उम्मेदवारी नदिएपछि स‌ंघीय सं‌सदको पहिलो सभामुख महरा बनेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दाङ क्षेत्र -२ बाट निर्वाचित महरा पटक-पटक मन्त्री भइसकेका छन्। महराको प्रस्तावकमा पूर्वसभामुख सुवास नेम्वाङ र समर्थकमा माओवादी प्रमुख सचेतक देव गुरुङ थिए ।