काठमाडौं, २६ फागुन । कैलाली निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निवार्चित रेशम चौधरीलाई गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले काठमाडौं ल्याएर उपचार गराउन निर्देशन् दिएका छन्।

टीकापुर घटनालगत्तै प्रहरी पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका २४ जनासँगै विभिन्न माग राख्दै जेलभित्रै अनशन बसेको रेशमको स्वास्थ्य अवस्था नाजुक भएपछि बादलले काठमाडौं ल्याएर उपचार गर्न गृह सचिव मोहनकृष्ण सापकोटालाई निर्देशन दिएका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अनशनरत चौधरीको स्वास्थ्यमा खराबी देखिएपछि शुक्रवारदेखि सेती अञ्चल अस्पताल भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौंको वीर अस्पताल पठाउन लागेको डिएसपी बोहोराले बताए।