काठमाडौं: संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी सरकारमा जान सक्ने संकेत देखिन्छ । तर, दुवै पार्टीका नेताहरू उचित पद नपाएकाले बार्गेनिङ गरिरहेका छन् । संविधान संशोधनको विषयमा सरकार सकारात्मक भैसकेका छन् । तर, पनि मधेस केन्द्रित २ दल फोरम र राजपा सरकारमा जान पदमा अल्झिएका छन् । उनीहरूले २८ गने हुने राष्ट्रपतिको निर्वाचनमा पनि विद्या देवी भण्डारीलाई सघाउने वचन दिइसकेका छन् । राष्ट्रपति पदमा २ जनाको उम्मेदवार दर्ता भैसकेका छन् । नेकपा एमालेका तर्फबाट विद्या देवी भण्डारी र सरकारको प्रतिपक्षी दल नेपाली काँग्रेसका तर्फबाट कुमारी लक्ष्मी राईको उम्मेदवारी परिसकेका छन् ।

मधेस केन्द्रित ससफो र राजपाले भण्डारीलाई सहयोग गर्ने वचन दिइसके पनि केही समस्या आएका छन् । जनकपुरका आन्दोलनकारी युवाहरूको एक सङ्गठनले मधेस केन्द्रित दललाई भण्डारीलाई भोट नदिन चेतावनी दिएका छन् । आन्दोलनकारी युवा सङ्गठनले एक विज्ञप्ति जारी गरी भण्डारीलाई भोट दिएको खण्डमा मधेस प्रदेशमा रोक लगाउने चेतावनी दिएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शनिवार जनकपुरमा धर्मेन्द्र शाहको संयोजकमा १० जनाको सममिति गठन गरीे संविधान संशोधनको ग्यारेन्टी नभै सरकारमा प्रवेश नगर्न खबरदार गरेको छ । त्यस्तो नभएको खण्डमा लिखित रूपमा सम्झौता हुनु पर्ने विज्ञप्तिमा उल्लेख गरेको छ । समितिमा लवकुमार झा, नवीन यादव, अशोक साह, मुञ्जय राउत, शङ्कर साह, सरोज साह, मनोज भगत, पंकज साह, सन्तोषकुमार सिंह रहेका छन् ।

संयुक्त मधेस सङ्घर्ष समिति युवाहरूको सङ्गठनले समाजवादी फोरम र राजपा संविधान संशोधन नभै सरकारमा सहभागी हुन लागेको भन्दै यस्तो निर्ण गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । विज्ञप्तिमा मधेस केन्द्रि दलहरूले राष्ट्रपतिमा विद्या देवी भण्डारीलाई भोट दिएको खण्डमा मधेसमा प्रवेश रोक लगाउने उल्लेख गरेको छ ।