काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ।

पार्टीका प्रवक्ता भुवन पाठकले शनिबार जारी गर्नुभएको विज्ञप्तिमा राष्ट्रियता, प्रजातन्त्रको संवद्र्धन तथा राजनीतिक स्थिरता कायम गर्न प्रधानमन्त्री ओलीलाई आइतबार हुने मतदानमा समर्थन गर्ने भनिएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सुशासन, भ्रष्टाचारमुक्त प्रशासन एवं आर्थिक समृद्धिका लागि पार्टीले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय गरेको जनाइएको छ। उक्त पार्टीको तर्फबाट प्रतिनिधिसभामा एक सदस्य छन्।

यता संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने/नदिनेबारे निर्णय गरेको छैन। आइतबार १२ बजे बस्ने पार्टीको संसदीय दलको बैठकले निर्णय लिने सो पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए।

राष्ट्रिय जनता पार्टी (राजपा)ले भने प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने यसअघि जनाइसकेको छ। (रासस)