काठमाडौँ, २७ फागुन । पाकिस्तानका प्रधानमन्त्री शाहिद खाकान अब्बासीको नेपाल भ्रमणपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणको तयारीमा जुटेका हुन् । उनी छिट्टै नेपाल भ्रमण आउने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मोदीले आउँदो महिना बंगलादेश र भुटानको भ्रमण गर्ने र त्यसपश्चात् नेपाल भ्रमणको योजना तत्कालै बनाउने भारतीय सञ्चारमाध्यमइकोनोमिक्स टाइम्सले दावी गरेको छ ।

उनले प्रधानमन्त्रीमा निर्वाचित भएपछि एमाले अध्यक्ष केपी ओलीलाई टेलिफोनमार्फत बधाई दिएर भारत भ्रमणको निम्तो दिएका थिए । चीन र पाकिस्तानको सम्बन्ध सुमधुर भइरहेको बेला नेपालमा सरकार परिवर्तन भएलगत्तै पाकिस्तानी प्रधानमन्त्री अब्बासी बधाई दिन भन्दै नेपाल भ्रमणमा आएका थिए । नेपाल भ्रमणका क्रममा पाकिस्तानी प्रधानमन्त्री अब्बासीले नेपालले भारत तथा पाकिस्तानबीचको कुटनीतिक विवादमा समन्वय गर्न सक्ने धारणा राखेपछि भारत झन् झस्केको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पाकिस्तानी प्रधानमन्त्रीले सिपेकबाट पाकिस्तानले लाभ लिइरहेको भन्दै ओबरबाट नेपालले पनि लाभ लिन सक्ने सुझाएका थिए । भारतले चीनले अघि सारेको वान वेल्ट वान रोड परियोजनाप्रति असहमती जनाउंदै आएको छ । नेपाललाई ओबरमा हस्ताक्षर नगर्न भारतले दबाव दिएपनि गत वर्ष नेपालले त्यसमा हस्ताक्षर गरिसकेको छ ।

उनको भ्रमणपछि भारतमा तरंग पैदा भएको थियो । मोदीले नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी र गुप्तचर निकायका प्रमुखलाई दिल्ली बोलाएर पाकिस्तानी प्रधानमन्त्रीको भ्रमणाबारे चासो लिएका थिए ।