नयाँ दिल्ली, २७ फागुन – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणको योजनामा रहेको भारतीय सञ्चार माध्यम इकोनोमिक्स टाइम्सले उल्लेख गरेको छ ।
प्रधानमन्त्री मोदीले आगामी महिना बंगलादेश र भुटानको भ्रमण गर्ने बताइएको छ । बंगलादेश र भुटानको भ्रमण पश्चात् मोदीले नेपाल भ्रमणको योजना तत्कालै बनाउने बताइएको छ ।पाकिस्तानका प्रधानमन्त्री शाहिद खाकान अब्बासीको नेपाल भ्रमणको केही दिन पश्चात् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको योजना बनाएका हुन् ।
नेपालको दुई दिने भ्रमण पश्चात् पाकिस्तानी प्रधानमन्त्री अब्बासी गत साता मंगलबार स्वदेश फिर्ता भएका थिए । नेपाल भ्रमणका क्रममा अब्बासीले नेपालले भारत तथा पाकिस्तानबीचको कुटनीतिक विवादमा समन्वय गर्न सक्ने धारणा राखेका थिए ।











