एमाले र माअाेवादी केन्द्रकाे संसदीय दलकाे संयुक्त बैठकले अाज हुने विश्वासकाे मतकाे पक्षमा मतदान गर्न अाअाफ्न सांसद्लार्इ ह्वीप जारी गरेकाे छ ।

भर्खरै सकिएकाे बैठकले दुवै दलका सांसदलार्इ अाजकाे संसद् बैठकमा अनिवार्य रूपमा उपस्थित भर्इ प्रधानमन्त्री केपी अाेलीकाे पक्षमा मतदान गर्न ह्वीप जारी गरेकाे हाे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संसद्काे अाजकाे बैठकमा प्रधानमन्त्री अाेलीले विश्वासकाे मत लिँदैछन् । बैठकमा उपस्थित हुन नसकेकाे सांसदहरूलार्इ पनि तत्कालै सम्पर्मा अार्इ अाज ३ बजे संसद् बैठकमा उपस्थित हुन तथा प्रधानमन्त्रीकाे पक्षमा मतदान गर्न ह्वीप जारी गरिएकाे एमाले सचिवसमेत रहेका सांसद याेगेश भट्टरार्इले जानकारी दिए । नया पत्रिका बाट