नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आफ्नो राजनीतिक र शैक्षिक गुरु महराले संसदको गरिमा बढाउने विश्वास व्यक्त गरे ।

प्रतिनिधिसभाको आइतवार बसेको बैठकमा सभामुखलाई बधाई दिँदै विभिन्न दलका प्रतिनिधिहरूले महराको कार्यकालमा सदनको गरिमा बढ्ने विश्वास व्यक्त गरेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘एक दशकसम्म सभामुख भनेको सुवास नेम्वाङ, सुवास नेम्वाङ भनेको सभामुखजस्तो भएको थियो,’ पुनले भने, ‘पछिल्लो दुईवर्ष ओनसरी घर्तीले पनि आफ्नो भूमिका कुशलतापूर्वक सम्पन्न गर्नुभयो ।’