२७ फागुन – नेकपा एमाले नेता माधवकुमार नेपालले राष्ट्रको विकासको लागि सत्ता पक्ष र प्रतिपक्ष एक सिक्काका दुई पाटा भएको बताउँदै सहकार्यक गर्नु पर्ने बताएका छन् ।
सोमबार प्रधामन्त्रीको विश्वासको मत लिने क्रममा संसदमा नेता नेपालले प्रतिपक्षबाट संसदमा जादा आकाशै खस्ला जस्तो गर्ने र प्रतिपक्षबाट सरकारमा जादा सबै एकैपटक हुन्छ भन्ने प्रवृत्ती देखाउन नहुने बताएका हुन् ।
उनले प्रधानमन्त्री ओलीले देश र जनताको लागि केही गर्छु भन्ने मनासयबाट प्रधामन्त्री भएको बताउँदै त्यसमा सहयोग गर्नु पर्ने बताए । नेपालले संसदमा बोल्दै ‘मेरो देश डुव्नै थाल्यो’ भन्ने गित स्मरण गर्दै समग्र मुलुको विकासको लागि सबैको सहकार्य अपरिहार्य रहेको बताए ।










