मनिला– फिलिपिन्समा सरकारी सेना तथा बाङ्सामोरो इश्लामिक फ्रिडम फाइटर(बिआइएफएफ)बीच भएको झडपमा ४४ जना विद्रोही लडाकू मारिएका मनिलास्थित सैनिक प्रवक्ताले आइतबार जनाएका छन्।

लेफ्टिनेन्ट कर्नेल जेरी वेसानाले सञ्चारकर्मीलाई बताएअनुसार बिहीबार शुरू भएको दोहोरो झडपमा परी ४४ जना विद्रोही लडाकूको मृत्यु भएको र २६ जना घाइते भएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गुप्तचर अधिकारीले दिएको सूचनाका आधारमा घाइते र मृतकको सङ्ख्या सार्वजनिक गरिएको सैनिक प्रवक्ता वेसानाले बताए।

बिहीबार बिहानैदेखि शुरु भएको झडपमा दक्षिणी फिलिपिन्सको साल्बु, डाटु साउदी अम्पाटुआन क्षेत्रमा सेनाले करिब ५० विद्रोहीको सामना गरेको थियो। रासस/सिन्ह्वा